काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, ‘राम्रो स्वास्थ्य, समृद्ध जीवनस्तर’सँग सम्बन्धित लक्ष्य पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्वास्थ्य खबर हेल्थ अवार्ड २०८० लाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, दिगो विकास लक्ष्य राजनीतिक प्रतिवद्धता समेत भएको भन्दै त्यहाँ निर्धारण गरिएको ‘सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने’ उद्देश्य राखेको बताए ।
उनले भने, ‘दिगो विकास लक्ष्य हाम्रो राजनीतिक प्रतिवद्धता पनि हो । लक्ष्यमा पुग्न अझै ७ वर्ष बाँकी छ । दीगो विकासका १७ लक्ष्यहरू मध्ये ‘राम्रो स्वास्थ्य, समृद्ध जीवनस्तर’सँग सम्बन्धित छ । जसले ‘सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने’ उद्देश्य राखेको छ ।’
उनले मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने, नसर्ने रोगहरूबाट हुने मृत्युदरलाई एक तिहाईले कम गर्ने र लागुपदार्थ दुव्र्यसनीको रोकथाम, उपचार र पुनस्र्थापना गर्ने लक्ष्य पुरा गर्न पनि आवश्यक प्रयास गर्ने बताए ।
मातृशिशु मृत्युदर, क्षयरोग, एचआईभी एड्सलगायतका रोग नियन्त्रणमा पनि ठुलो उपलब्धि हासिल भएको उनको दाबी छ ।
मन्तव्यको पूर्णपाठ
कार्यक्रमका अध्यक्ष ज्यू
माननीय मन्त्री ज्यूहरु
माननीय सांसद
कार्यक्रममा उपस्थित सम्पूर्ण विशिष्ट महानुभावहरु
पत्रकार साथीहरु
१. सर्वप्रथम स्वास्थ्यखबर हेल्थ अवार्ड २०८० मा सहभागी भएर नेपालको स्वास्थ्य प्रबद्र्धनमा योगदान दिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि, अध्येता तथा विभिन्न संघसंस्थाहरुको योगदानको कदर गर्न पाउँदा म अत्यन्तै खुसी छु । सम्मानित सवैलाई हार्दिक बधाई दिन चाहन्छु ।
२. हामीले निर्धारण गरेका ‘दिगो विकासका लक्ष्यहरू’ प्राप्त गर्न नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पु¥याउने राष्ट्रिय तथा अन्तराष्ट्रिय तहका सवैप्रति आभार प्रकट गर्दछु । दीगो विकासका परिमाणात्मक लक्ष्यहरू प्राप्त गर्न सान्दर्भिक, नविन र उदाहरणीय कार्य, दुर्गम भेगमा कार्यसम्पादन, सीमान्तकृत वर्ग तथा समुदायको प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी तथा पैरवी गरेका कारण तपाईंहरु अवार्ड तथा सम्मानको हकदार हुनुभएको छ ।
३. दिगो विकास लक्ष्य हाम्रो राजनीतिक प्रतिवद्धता पनि हो । लक्ष्यमा पुग्न अझै ७ वर्ष बाँकी छ । दीगो विकासका १७ लक्ष्यहरू मध्ये ‘राम्रो स्वास्थ्य, समृद्ध जीवनस्तर’सँग सम्बन्धित छ । जसले ‘सबै उमेर समूहका व्यक्तिका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवनस्तर प्रवद्र्धन गर्ने’ उद्देश्य राखेको छ । जहाँ मानसिक स्वास्थ्यको प्रवद्र्धन गर्ने, नसर्ने रोगहरूबाट हुने मृत्युदरलाई एक तिहाईले कम गर्ने र लागुपदार्थ दुव्र्यसनीको रोकथाम, उपचार र पुनस्र्थापना गर्ने लक्ष्य राखिएको छ ।
४. यसबीचमा हामीले स्वास्थ्यमा केही उपलब्धीहरु हासिल गरेका छौं । तथ्यांकगत रुपमा हेर्दा सुरक्षित रुपमा स्वास्थ्य संस्थामा प्रसूति गराउनेको संख्या सन् २००१ को सर्भेमा जम्मा ९ प्रतिशतको अवस्थाबाट २०२२ मा ७९ प्रतिशत छ । जुन सन् २०२५ को लक्ष्य थियो हामीले २०२२ मै पुरा गर्न सकेका छौ । सन् २०३० मा यो ७९ प्रतिशतलाई ९० पु¥याउने लक्ष्य छ, हामीलाई लाग्छ हामी सकेसम्म त्यो भन्दा माथि जान्छौं र ९० प्रतिशत त जसरी पनि पुरा गर्न सकिन्छ भन्ने नै लागेको छ ।
५. बाल स्वास्थ्यमा पनि सुधार भएको देखिएको छ, बिशेष गरी पाँच वर्ष मुनिका बाल बलिकाको मृत्युदर सन् १९९६ को सर्भेमा प्रति हजार जीवित जन्मदा ११८ मृत्यु हुने गरेकोमा अहिले प्रति हजार जीवित जन्मदा ३३ जनाको मृत्यु हुने अवस्था पुगेको देखिन्छ । हामीले कायम गरेको सन् २०३० को लक्ष्य चाही प्रति हजार जीवित जन्मदा २० भन्दा कमको मृत्यु हुने अवस्थामा पु¥याउने हो । त्यसरी नै २८ दिन भित्रका नवजात शिशु र जन्मेको १ वर्ष भित्रका शिशुको मृत्यु दर तुलनात्मक रुपमा अझै कम भइसकेको छैन र थप मेहनतको आबश्यकता छ । बाल बालिकाहरुले तोकिए बमोजिमका सबै खोप समयमै प्राप्त गरुन भन्नेमा हामी सचेत छौ । यसैगरी दिगो विकासको लक्ष्यमा समेटिएको एचआइभी एड्स घटाउने विषय लक्ष्य पुरा गर्न सकिने अवस्थामा नै छ । क्षयरोगको महामारी अन्त्य गर्ने कुरामा हामीले केही थप मेहनत गर्नुपर्ने देखिएको छ ।
६. नेपालमा जनयुद्ध, जनआन्दोलनसहितका विभिन्न आन्दोलनका बलमा राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको कुरालाई हामीले स्मरण गर्नुपर्दछ । राजतन्त्र अन्त्यसँगै हामीले संविधानसभावाट जारी गरेको संविधानमा स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रुपमा परिभाषित गरिएको छ । यो व्यवस्थाले जनताको स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्ने मौका मिलेको छ । देश संघीयतामा प्रवेश गरेपछि तीन तहको सरकार छन् । तीन तहको सरकारहरूको कार्यविभाजनमा स्वास्थ्यको पनि कार्यविभाजन भएको छ ।
साथै श्रोत ब्यबस्थापनको आवश्यकतालाई सम्बोधन गर्न राष्ट्रिय स्वास्थ्य बित्त रणनीति पनि नेपाल सरकारले जारी गरिसकेको छ, यी रणनीतिहरुको इमान्दार कार्यान्वयन अबको प्राथमिकतामा पर्नेछ । त्यसले स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउँदै लैजाने हाम्रो विश्वास छ ।
७. नेपालमा संघीयता अवलम्बन गर्नुभन्दा अगाडि जिल्लामा आधारित स्वास्थ्य प्रणाली थियो । संघीयतापछि स्वास्थ्य सेवाको प्रणाली नै परिवर्तन भएको छ । संघीय सरकार, सात वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा काम गरिरहेका छांै, साथै तीनै तहको सरकारको जिम्मेबारीमा रहेको स्वास्थ्यलाई प्राथमिकताका साथ समन्वय, सहकार्य र सहअस्तित्वको सिद्धान्तको असल अबलम्बन गरि यो क्षेत्रलाई अगाडी बढाउन हामी लागि परेकै छांै ।
८. औषधी उपकरण, जनशक्ति लगायतको व्यवस्थापन गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको एकदमै नजिकको समन्वय, सूचनाको आदानप्रदान र क्षमता विकासका कार्यहरू हुन जरुरी देखिएको छ । सबै तहका सरकारको आ–आफ्नो क्षमता र अधिकार छ । तर स्थानीय सरकारलाई आवश्यक पर्ने सहयोग संघीय र प्रदेश सरकारले गरेरै अगाडि बढ्नुपर्ने देखिन्छ ।
११. नीतिगत र कानुनी रुपमा प्रष्ट भए पनि कार्यान्वयनका चरणमा भने समस्याहरू देखिएका छन् । दिगो विकास लक्ष्य सुरु हुने समयमा हामीले विनासकारी भूकम्पको सामना गर्नुप¥यो । भूकम्पका कारण जनधनको क्षति र स्वास्थ्यका उपलब्धि र सूचकहरूमा केही प्रभाव प¥यो । हामीले फेरि संरचनाहरू बनाउने काम द्रूत गतिमा थाल्यौं र पुर्ननिर्माण नहुँदासम्म वैकल्पिक ठाउँबाट सेवा प्रवाह ग¥यौं र प्राप्त उपलब्धि गुम्न दिएनौं । यसैगरी विश्वव्यापी कोभिड महामारीको गम्भीर असरका कारण स्वास्थ्य क्षेत्रमा ठूलो प्रभाव ग¥यो । संकटका बेला नियमित आधारभूत स्वास्थ्यलाई निरन्तरता दिनुपर्ने र महामारीलाई पनि सम्बोधन गर्नुपर्ने अवस्थामा स्वास्थ्य प्रणाली पुग्यो । अहिले हामी त्यो महामारीवाट पनि बाहिर निस्किन सफल भएका छौं ।
१२. आधारभूत स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने व्यवस्था हामीले संविधानबाटै गरिसकेका छौं र हाम्रा प्रयासहरु यो व्यवस्थाको कार्यान्वयनमा छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्यमा जनशक्ति बढाउँदै लैजानुपर्ने तथा भएको जनशक्तिलाई पलायन हुन नदिन सरकारले विशेष पहल गर्नेछ । साथै मुटु, क्यान्सर, मधुमेह तथा नसर्ने रोगहरुको मृत्युदरको अवस्था पनि बढ्दो क्रममा रहेकाले दिगो विकास लक्ष्य अनुसार मृत्युदर घटाउन हामीले मेहनत भने गर्नुपर्ने देखिन्छ । नसर्ने रोगलाई सम्बोधन गर्ने आवश्यक स्वास्थ्यका पूर्वाधार, मानव संसाधन र उपकरणको विकास र विस्तार आदिमा हामीले निरन्तर काम गरिरहेका छौं । सुर्तिजन्य पदार्थ, मादक पदार्थ नियन्त्रण तथा शारीरिक व्यायामका कुरा, खानापानको कुरामा अहिले विशेष कार्यक्रम गर्न सकिएन भने नसर्ने रोगको चूनौती झन् बढ्दै जाने हामीले बुझेका छौं । त्यसैले स्वास्थ्यमा सरकारको प्राथमिकता बढाउँदै लगिएको हो ।
१५. दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि सुशासन मुख्य कुरा हो । त्यसका लागि सरकारले काम गरिरहेको यहाँहरुले देखिरहनुभएकै छ । स्वास्थ्य क्षेत्रमा भएका कमि कमजोरीलाई सुधार गर्न कमजोरी पत्ता लगाउन, राजनीतिक नेतृत्व, प्रशासनिक नेतृत्व र प्राविधिक नेतृत्व मिलेर काम गरेमा दिगो विकासको लक्ष्य प्राप्त गर्न सकिन्छ ।
अन्त्यमा, स्वास्थ्य सेवाको समग्र गुणस्तर, सुशासन, औषधीको उपलब्धतादेखि जनशक्तिको उपलब्धता जस्ता विषयमा ध्यान दिएर सरकार बढीभन्दा बढी जनतालाई लाभान्वित गरी सरकारी सेवालाई विश्वासिलो बनाउन अघि बढिरहेका छौं । यसमा सम्बन्धित सबैको सहयोग आवश्यक छ ।