साफ यू–१६ च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्ने

सोमबार, भदौ १८, २०८०

काठमाडौं । नेपालले आज भुटानमा जारी साफ यू–१६ च्याम्पियनसिपमा बंगलादेशसँग खेल्दैछ ।
समूह ए मा रहेको नेपाल र बंगलादेशबीतको खेल थिम्पुस्थित चाङलिमियाथाङ स्टेडियममा नेपाली समय अनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ ।
नेपालको यो पहिलो खेल हो भने बंगलादेशको दोस्रो खेल हुनेछ । समूह ए को पहिलो खेलमा बंगलादेश भारतसँग १–० ले पराजित भएको थियो । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्ने भएकोले नेपालले आजको खेल जिते पनि सेमिफाइनल पुग्नेछ ।
बंगलादेशका लागि भने सेमिफाइनल सम्भावना कायम राख्न नेपालसँग हार टार्नुपर्नेछ ।


 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार