बुबा आमाको नाममा पाशुपत क्षेत्रमा बर पिपल रोप्दै मन्त्री किरातीे बुबाको काम सके 

आइतबार, भदौ १०, २०८०

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड््डयनमन्त्री सुदन किरातीले स्व.बुबा र आमाका नाममा पाशुपत क्षेत्रमा बर–पिपल रोपेका छन् । 
सामाजिक सञ्जालमा शनिबार उनले बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपेर आजैबाट बुबाको काम सकेको जानकारी दिएका हुन् । 

Photo (1) (6)1693105654.jpg
उनले लेखेका छन्,‘सम्झनामा बुबा र आमा बर र पिपल हुनुभयो । पितृको संसारमा जानु भएको बुबा र आमाको सम्झनामा प्रकृतिको लागि पशुपतिमा वर र पिपल रोपियोसंगै आजैबाट बुबाको काम सकियो ।’
थप सामाजिक र सिर्जनात्मक काम उहाँहरूको नाममा काम गर्दै जाने प्रतिवद्धता जनाउँर्दै थप लेखेका छन् । ‘समय र स्वास्थ्यले साथ दिएमा थप सामाजिक र सिर्जनात्मक काम उहाँहरुको नाममा गर्दै जानेछु ।’

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार