आज प्रतिनिधिसभा समिति सभापतिको उम्मेदवारी मनोनयन, भोलि निर्वाचन

आज राष्ट्रियसभा बस्दै  
आइतबार, भदौ १०, २०८०

काठमाडौं । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको छ । यस पटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया अघि बढेको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुखले मातहत गठित १० वटै विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ः०० बजेका लागि निर्धारण गरेको घोषणा गरेअनुरूप निर्वाचन प्रक्रिया अघि बढेको हो ।
समितिको कुनै सदस्यलाई सभापतिमा निर्वाचित गरियोस् भनी कुनै अर्का एक संसदीय समिति सभापतिका लागि

बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी 
सोमबार निर्वाचन हुने प्रतिनिधिसभा अन्र्तगत रहेका दश संसदीय समितिको सभापतिका आज बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता गर्ने समय तोकिएको छ । सदस्यको समर्थनसहित आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उम्मेदवारी मनोनयन प्रस्ताव दर्ता गराउन सक्ने निर्वाचन कार्यक्रम प्रकाशित गरिएको सचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए । 
प्रतिनिधिसभा निर्वाचन भएको नौ महिनापछि सोमबार समितिहरूले नेतृत्व पाउने भएका हुन् ।
संसदीय समितिका सभापतिहरूको टुगाें लाग्न नसकेको भन्दै राजनीतिक दलहरू आलोचना भइरहेका बेला बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुखले मातहतका विषय समिति सभापतिको निर्वाचन सोमबार दिउँसो ३ बजेका लागि तोकेका हुन् । 
प्रमुख दलहरूले संसदीय समितिको सभापतिमा भागबन्डा गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीसहितका दलहरुले पनि उम्मेदवारी दिने तयारी गरेका छन् ।
हाल समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा समिति बैठक बस्दै आएको छ ।
 यता राष्ट्रिय सभाको बैठक आजकालागि बोलाइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि राष्ट्रिय सभा बैठक बोलाइएको हो ।
प्रतिनिधिसभाको बैठक भने मंगलबारका लागि मात्र बोलाइएको छ । प्रतिनिधिसभा अन्र्तगतका दश संसदीय समिति सभापतिका लागि सोमबार निर्वाचनको मिति तोकिएकाले बैठक मंगलबार मात्र बस्ने संसद सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार