घादिङ दुर्घटनाका घाईतेको उपचारको व्यवस्था गर्न सरकारसँग सांसद देवेन्द्र पौडेलको माग

बुधबार, भदौ ६, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले घादिङ बस दुर्घटनामा परी घाईते भएकाहरूको उपचारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसद पौडेलले वर्षै पिच्छे हुने यस्ता दुर्घटनामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गरेको भन्दै दुर्घटनाहरू रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ उपायका खोज्न समेत आग्रह गरे ।
उनले भने, ‘वर्षै पिच्छे हुने यस्ता दुर्घटनामा परेर २५ सयदेखि तीन हजार मानिसको मृत्यु हुने गर्छ । गृहमन्त्री हुुनुहुन्छ यस प्रकारका दर्घटनाहरू रोक्नका निम्ति राज्यको तर्फबाट प्राथमिकताका साथ उपायको खोजी गर्न आग्रह गर्न चाहन्छु  । बिभिन्न अस्पतालमा उपचारत घाईतेको उपचारको व्यवस्था र उद्दारको लागि पहल गर्न आग्रह गर्दछु ।’

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  १६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार