जलवायु परिवर्तनमा राज्यको ध्यान नगएको सभापति राईको गुनासो 

सोमबार, भदौ ४, २०८०

काठमाडौं । विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले जलवायु परिवर्तनको मुद्दामा राज्यको ध्यान नगएको गुनासो गरेकी छन् । 
सोबार समितिमा उत्तरविधायिकी परीक्षणको विषय चयनको विषयमा भएको छलफलमा सभापति राईले अहिले तराईमा जलवायु पविर्तनको कारण ६० प्रतिशत रोपाई हुन नसकेको भन्दै यस्तो विषयमा राज्यको ध्यान नजानु दुःखद भएको बताइन् । 

Jitendra Narayan Dev1692625907.jpg
उनले भनिन्,‘जलवायु परिवर्तनको मुद्दामा पनि राज्यको ध्यान एकदमै नगएको तर गर्नेपर्ने कुरा हो । अहिले तराईमा ६० प्रतिशत रोपाई हुन सकेको छैन । असारमा पानी नपरेर अहिले वर्षा भईरहेको छ । यसलाई कसरी सन्तुलन गर्ने यसमा सोच्नुपर्ने हो ।’
उनले बाढी पहिरोको कारण कृषिमा आत्मनिर्भरता सफल हुन नसकेको टिप्पणी पनि गरिन । मौलिक हकमा जोडिएका खाद्य अधिकारको कुरा गरेता पनि मानिसहरु यत्तिकै भोक भोकै मर्ने अवस्था रहेको पनि उनको भनाइ छ । 

Ramesh Lekhak 11692625998.jpg

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार