सरकारी आश्वासन समितिले सुदूरपश्चिम, लुम्बिनी र बागमतीमा थप कार्यक्रम सञ्चालन गर्ने 

मंगलबार, साउन ३०, २०८०

काठमाडौं । राष्ट्रिय सभाअन्र्तगत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सुदूरपश्चिम लुम्बिनी तथा बागमतीमा विशेष अन्र्तक्रिया गर्ने भएको छ ।  मधेस प्रदेशमा समितिले आयोजना गरेका कार्यक्रम प्रभावकारी बनेको निष्कर्ष निकाल्दै थप अन्तत्र्रिmया, छलफल तथा भेटघाटका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । 
समितिको आजको बैठकमा मधेस प्रदेशमा सम्पन्न कार्यक्रमको समिक्षाका क्रममा सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा समितिले आयोजना गरेका कार्यक्रम प्रभावकारी भएको निष्र्कष निकालको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिए । 
मधेश प्रदेशमा समितिको तर्फबाट सम्पन्न भएको कार्यक्रम एकदमै उपलब्धिमूलक र सफल भन्दै उनले अन्तत्र्रिmया, छलफल, भेटघाटबाट अवस्था अनुसार कार्यक्रम निमार्ण गर्ने भन्दै सुदूरपश्चिम, लुम्बिनी र बागमती तीनवटा प्रदेशका कार्यक्रमहरू भदौ महिनाको अन्तिमसम्म सम्पन्न गरिने उनले जानकारी दिए ।
उनले भने, ‘अन्तत्र्रिmया, छलफल, भेटघाटबाट अवस्था अनुसार कार्यक्रम निमार्ण गरेर जाने हो यसपालिको कार्यक्रमहरु राम्रो र सफल रहेको छ । सुदूरपश्चिम, लुम्बिनी र वागमती तीन वटा प्रदेशका कार्यक्रमहरु छ । सुदूरपश्चिममा तीन वटा कार्यक्रम के के गर्ने, लुम्बिनी र वागमतीमा के गर्ने विषयमा छलफल गरेर जाने र भदौ महिनाको अन्तिमसम्म बाहिर जाने सबै कार्यक्रमहरु सक्नु पर्छ ।’
उनले मधेश प्रदेशमा भएको कार्यक्रमको समिक्षा गर्दै आगामी कार्यक्रमहरुलाई प्रभावकारी बनाउँने पनि प्रविद्धता जनाएका छन् । 
उनले भने, ‘मधेश प्रदेशमा हाम्रो समितिको तर्फबाट हामीले जुन कार्यक्रमको आयोजना गरेका छौ । त्यो एकदमै उपलब्धिमूलक भएको छ, अरु कार्यक्रम पनि यसैको जगमा यसमा रहेका विषयहरुलाई अध्यन गर्दै कार्यक्रम अझ प्रभावकारी बनाउँने सबैसँग प्रतिवद्धता गर्दछु । कार्यक्रमको कुरा गर्दा जे लिएका थियौं त्यो पूरा भयो ।’
यस्तै उनले अन्तक्र्रिया, छलफल, भेट्घाटबाट अवस्था अनुसार कार्यक्रम निमार्ण गर्ने भन्दै सुदूरपश्चिम, लुम्बिनी र बागमती तीन वटा प्रदेशका कार्यक्रमहरु भदौ महिनाको अन्तिमसम्म सम्पन्न गर्ने बताए ।
सभापति शर्माले नगरपालिका भित्र र गाँउपालिका भित्रका प्रतिनिधिहरूलाई सहभागी गराउने गरी कार्यक्रम निमार्ण गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०  १७:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार