कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखद्वारा आह्वान

मुख्यमन्त्रीका रूपमा दैनिक काम कारवाही अघि बढाउन तयार छु : कार्की   
शुक्रबार, साउन १२, २०८०

काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।  गत असार २१ मा भएको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्र कुमार श्रेष्ठले जानकारी दिएका छन् । 
उनले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।  
‘“जुन विन्दुबाट संविधानको प्रयोग र पालनामा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत् तवरले प्रक्रिया अगाडि बढाउन मनासिब हुने देखिएको हुँदा मिति २०८०।४।१७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नू” भन्ने परमादेश जारी भएकोले सोही आधारमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कोशी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाको सदस्यलाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति गरी कोशी प्रदेश सरकार गठन गर्ने प्रयोजनका लागि मिति २०८०।४।१६ गते मंगलबार अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुङ्गज्यूले आह्वान गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ । 

Photo (1) (2)1690543901.jpeg
मुख्यमन्त्रीका रूपमा दैनिक काम कारवाही अघि बढाउन तयार छु :  कार्की   
एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतको आदेशलाई आधार मानेर आफू नै कामचलाउ मुख्यमन्त्री भएको दाबी गरेका छन् । 

Hikmat karki1690543896.jpg
विराटनगर विमानस्थलमा बिहीबार पत्रकारसँग कुरा गर्दै उनले सरकारका दैनिक काम नरोकिउन भनेर अदालतले बाटो खोलेको कारण आफू मन्त्रालय जाने र नियमित  काम कारवाहीलाई अगाडि बढाउने बताएका हुन् । 
उनले भने, ‘सर्वोच्च अदालतको आदेशमा सभामुखको हस्ताक्षरलाई आधार मानेर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने कार्य संविधानविपरीत भएकाले सो त्रुटी भएकै विन्दुबाट नयाँ मुख्यमन्त्री नियुक्त गर्न भनेको थियौं । केन्द्रीय गठबन्धनको गलत निष्कर्ष गलत निर्देशनका कारणले अहिले गठबन्धनले संविधान मिच्ने काम भएकाले सरकारका दैनिक काम नरोकिउन भनेर अदालतले बाटो खोलेको छ ।’
नेता कार्कीले कोशी प्रदेश संथागत विकासका निम्ति नेपालीसबै दलको सरकार गठन गर्न सकिने पनि बताए । 
उनले भने, ‘हामी यस विषयमा कुराकानी गर्छौं, सहमतिको वातावरण बनेमा मुख्यमन्त्री को हुने भन्ने कुरा मुख्य हुँदैन, यदि प्रदेशलाई संथागत गर्न सबै दलहरू मिलेर सरकार बन्छ भने एउटा राम्रो निष्कर्शको आधारमा हामी जान तयार छौं अहिले पनि हामी त्यसमा खुल्ला छौं ।’

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  १७:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार