नक्कली शरणार्थी प्रकरणमा बुधबार तीन प्रतिवादीका १३ वकिलद्धारा बहस

बुधबार, जेठ २४, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जारी थुनछेक बहसमा बुधबारदेखि प्रतिवादीहरुको तर्फका वकिलहरूले बहस थालेका छन् । सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलले आइतबारदेखि मंगलबारसम्म बहस सकेपछि प्रतिवादीतर्फका वकिलहरुले बुधबारदेखि प्रतिरक्षा बहस थालेका थिए । काठमाडौं जिल्ला अदालतमा बुधबार मात्रै तीनजना प्रतिवादीहरु केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको तर्फबाट १३ जना वकिलहरुले प्रतिरक्षा बहस गरेका छन् । बुधबार सबैभन्दा पहिले यो प्रकरणमा बिचौलियाका रुपमा अभियोग लगाइएका केशव दुलालको तर्फबाट ६ जना वकिलले बहस गरेका थिए । दुलालको बचाउ गर्दै विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्रबहादुर अधिकारी, नरबहादुर योगी र राजन भट्टराईले बहस गरेका हुन् ।  

Khan-in-Police-Custody1684062329.jpgदुलालको तर्फबाट ६ जनाले  बहस गरिसकेपछि अर्का बिचौलिया सानु भण्डारीको पक्षबाट सबैभन्दा पहिले वकिल विनोद शर्माले प्रतिरक्षा बहस गरे । सानुको पक्षमा शर्मापछि चूडामणि पोखरेल, शिवप्रसाद रिजाल, साधुराम सापकोटा, शरदप्रसाद कोइराला, खडानन्द कँडेल र निरसिंह कुमार खत्रीले बहस गरे ।   सानुसँगै टंकको पक्षमा पनि तिनै वकिलले बहस गरेका थिए। उनीहरुले दुलाल, भण्डारी र टंकविरुद्ध लगाइएको अभियोग पुष्टि हुनै नसक्ने तर्क गर्दै प्रहरीसँग प्रमाण पनि नरहेकव उल्लेख गरेका थिए । 
बहसका क्रममा अधिवक्ता विकास भट्टराईले दुलाल आफैँ पनि अमेरिका जाने भनेर ठगिएका व्यक्ति भएको जिकिर गरे। बिहीबार सानुको पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गर्न बाँकी छ। भोलि पनि निरन्तर बहस हुने छ । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १८:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार