नक्कली भुटानी प्रकरणमा सरकारी वकिलले सके थुनछेक बहस

मंगलबार, जेठ २३, २०८०

काठमाडौँ । नक्कली शरणार्थी प्रकरणमा मंगलबारसम्म सरकारी वकिल र जाहेरवालातर्फका निजी वकिलहरुको बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतमा जारी थुनछेकको बहसका क्रममा जिल्ला सरकारी वकिलको कार्यालयका वकिल र जाहेरवाला तर्फका अन्य वकिलले बहस सकेका हुन् । 
आइतबार सरकारी वकिल महेश खत्रीले बहस गरेका थिए । सोमबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई र प्रकाश घिमिरेले बहस गरेका थिए ।
मंगलबार सुरबहादुर परियार, निर्मला मरासिनी र हिरालाल घोलालको बहस सकिएको हो ।  उनीहरूले प्रतिवादीले प्रमाण मेटाउन सक्ने भएकाले थुनामा राखेर अनुसन्धान गर्नुपर्ने माग गरेका  छन् ।  मंगलबार जाहेरवालाको तर्फबाट चिया ब्रेकअघि सुनिलकुमार शर्मा सापकोटा र दीपकराज रेग्मीले बहस गरे ।
 सरकारी वकिल र जाहेरवालाका वकिलको बहस सकिसँगै बुधबारदेखि प्रतिवादीका वकिलहरुको बहस सुरु हुनेछ ।

Top-Bahadur-Rayamajhi1684155283.jpg

बयानमा पोलिएकाहरुलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाऊँ
नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानमा पोलेकाहरुलाई प्रतिवादी बनाएर मुद्दा चलाउनुपर्ने कुरा अदालतमा उठेको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा गरिएको ठगी प्रकरणमा समातिएकाहरुबारे जिल्ला अदालत काठमाडौंमा जारी थुनछेकको बहसमा सहभागी अधिवक्ताले यस्तो कुरा उठाएका हुन् ।
थुनछेक बहसमा जाहेरवालाको तर्फबाट सहभागी अधिवक्ता हरि कट्टेले पक्राउ परेकाहरुले बयानमा पोलेकालाई पनि यो मुद्दाको प्रतिवादी बनाउन माग गरे । 
‘नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुबाट बयानमा पोलिएका व्यक्तिहरुलाई पनि अदालतको प्रतिवादी बनाउनु पर्छ’, उनले इजलासमा बयानका क्रममा भने, ‘बयानमा पोलिएका व्यक्तिहरुलाई पनि ‘जुरिसियल नोटिस’दिएर तत्काल प्रतिवादी कायम गरियोस्।’
यदि यसो गर्न नसकेमा बयानमा पोलिएका भीआईपीहरुदेखि अन्यले पनि उन्मुक्ति पाउन सक्ने उनले चिन्ता जाहेर गरे। 
‘उनीहरुलाई उन्मुक्ति नदिइयोस्’, कट्टेलले भने, ‘नोटिस दिएर पनि प्रतिवादी कायम गरेर मुद्दा अघि बढाइयोस्।’ 
यो प्रकरणमा पक्राउ परेकाहरुले पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहितको नाम लिएका थिए । 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार