राष्ट्रपति पौडेलको निर्णयमा सर्वोच्चको अंकुश, नागरिकता विधेयक यथास्थितिमा राख्न आदेश

आइतबार, जेठ २१, २०८०

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयकलाई यथास्थितिमा राख्न अल्पकालनीन अन्तरिम आदेश दिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकतासम्बन्धी विधेयकलाई यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश भएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए । जेठ १७ मा सरकारको आग्रहमा राष्ट्रपति पौडेलले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको (पहिलो संशोधन) विधेयक २०७९ लाई प्रमाणीकरण गरेका थिए ।
अधिवक्ताहरु सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेको मुद्दाको फैसलामा अदालतले अन्तरिम अल्पकालीन आदेश दिएको हो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २ पटक उक्त विधेयक रोकिदिएकी थिइन । अहिले सरकारले उक्त विधेयकलाई नै संसदलाई छलेर प्रमाणीकरण गरेको भन्दै विवाद छ । आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा नागरिकता विधेयक प्रमाणीकरणको मुद्दा उठाएर बैठक अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार