नेपाललाई हराउँदै मलेसियाले गर्‍यो शृंखलामा बराबरी, अब अन्तिम खेल निर्णायक

शनिबार, जेठ २०, २०८०

काठमाडौँ । पाँच टि–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको चौथो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई ४ विकेटले हराउँदै २–२ को बराबरी गरेको छ । आज बिहान नेपाली राष्ट्रिय महिला टोलीले दिएको ९७ रनको लक्ष्य मलेसियाले ६ विकेट गुमाएर पूरा गरेको हो ।
मलेसियाका लागि विन्फ्रेड एन दुराइसिंगमले सर्वाधिक ३८ रन बनाइन् । नेपालका लागि कविता कुँवर, रुबिना क्षेत्री, सीता राना मगर र कविता जोशीले १-१ विकेट लिए । यसअघि मलेसियाको बांगीस्थित वाईएसडी युकेएम ओभलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा नेपालले ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन् ।
यसअघि नेपालले मलेसियाविरुद्ध दोस्रो र तेस्रो खेल जितेको थियो । पहिलो खेलमा भने नेपाल पराजित भएको थियो । नेपाल र मलेसियाबीच अब उपाधिका लागि शनिबार निर्णायक खेल हुनेछ ।

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार