नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्चमा रिट दर्ता

शुक्रबार, जेठ १९, २०८०

काठमाडौं । नागरिकता ऐन २०६३ लाई संशोधन गर्ने नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भन्डारीले रिट दायर गरेका हुन् । नागरिकता विधेयकलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि शुक्रबार राजपत्रमा प्रकाशित भएको थियो । प्रारम्भिक सुनुवाइका लागि आईतबारलाई पेशी तोकिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार