पाटन दरबार क्षेत्रमा पर्यटक लक्षित स्मार्ट शौचालय निर्माण गर्दै ललितपुर महानगर

पुरातात्विक शैलीको शौचालयमा स्तनपान कक्ष राखिने
बिहीबार, जेठ १८, २०८०

ललितपुर । ललितपुर महानगरले पाटन दरबार क्षेत्रमा घुम्न आउने पर्यटकलाई लक्षित गरी स्मार्ट शौचालय निर्माण सुरु गरेको छ ।  स्मार्ट शौचालयको महानगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । उक्त शौचालयमामा स्तनपान कक्ष समेत रहने ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए । शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताउँदै उनले भने‘, शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं ।’ अपाङगता र ज्येष्ठ नागरिकमैत्री  यो शौचालय छ महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

350750012_770296987985174_2486145022498011012_n1685628816.jpgललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगरले प्रत्येक वडामा स्मार्ट शौचालय निर्माणको योजना अघि बढाएको जानकारी दिए । उनले ९ वटा स्मार्ट सार्वजनिक शौचालय निर्माणका लागि टेण्डर आह्वान भइसकेको जानकारी दिँदै भने, ‘शौचालय बसेर लामो सास तान्दा पनि नगन्हाउने ढंगबाट निर्माण गरिन्छ ।’
बाँकी शौचालय पनि क्रमशः निर्माण गरिने जनाउँदै उनले स्मार्ट शौचालय निर्माणको जिम्मेवारी पाएका ठेकेदारलाई समयमै काम सक्न अनुरोध गरे । शौचालय एक हजार ६६ वर्ग फिट क्षेत्रफलमा निर्माण हुनेछ । ६ वटा युरेनलसहितको ३ पुरुष शौचालय र  ६ वटा महिला शौचालय निर्माण हुनेछ । त्यसैगरी एउटा अपाङगतामैत्री शौचालय पनि निर्माण हुने छ । पर्यटकका लागि शौचालय निर्माण भएको यो संभवत पहिलो शौचालय हो ।

350705379_772208267692844_995924867021357900_n1685628806.jpg

शौचालय निर्माणको जिम्मा पाएको पिपिएण्डपी सिर्जनशील जेभीका ठेकेदार सुन्दर लामाले सम्झौतामा उल्लेख भएकै समयमा शौचालय निर्माणको काम सक्ने  प्रतिबद्धता जनाएका छन् । महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्रमा अहिले भएका शौचालयहरु यो निर्माण भएपछि भत्काउने बताए ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार