नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्डको म्याराथन राजनीतिक भेटघाट

भारतीय प्रधानमन्त्री, राष्ट्रपति तथा उपराष्ट्रपतिसँग गरे द्धिपक्षीय कुराकानी
बिहीबार, जेठ १८, २०८०

काठमाडौं । भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा आज भएको भेटमा उनीहरूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको छ । 

PRO_KTM_PRACHANDA_INDIAVISIT1685622961.jpg
प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरे । यसअघि प्रधानमन्त्री प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो । मोदीको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड बुधबार नयाँदिल्ली गएका हुन् । गत पुसमा प्रधानमन्त्री भएका प्रचण्डको यो पहिलो विदेश यात्रा हो । छिमेकी चीनबाट भ्रमणको निम्तो पाए पनि उनी पहिलो विदेश यात्राका लागि नयाँदिल्ली गएका हुन् । प्रधानमन्त्री प्रचण्डको भारत यात्रा अघि राजधानी काठमाडौंमा चिनियाँ कम्युनिष्ट पार्टीका अधिकारीले उनीसँग भेट गरेको थियो । भारत यात्रामा जानु अघि भएको चिनियाँ अधिकारीको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

KTM_PMPRACHANDA_INDIAVISIT1685622961.jpg

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १८:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार