वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाइ गर्नेले अब तिर्नुपर्नेछ थप ३ प्रतिशत कर

मंगलबार, जेठ १६, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्षको बजेट प्रस्तुत गर्दै धेरै कमाउनेमाथि कर बढाइदिएका छन् । वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि भएको छ। डा. महतले उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएका हुन् ।
अहिले अधिकतम कर ३६ प्रतिशतसम्म थियो। अब तीन प्रतिशतले उनीहरुको कर बढेको हो ।
अहिले जतिसुकै कम कमाउनेले पनि एक प्रतिशत कर तिर्नैपर्छ । एकलको हकमा ५ लाख र दम्पतिको हकमा ६ लाख कमाउनेले एक प्रतिशत कम तिर्नैपर्छ ।


त्यसभन्दा माथि २० हजार रुपैयाँ कमाउनेले १० प्रतिशत कर थप तिर्नुपर्छ । यसबाहेक अर्को ६० हजार कमाउनेले २० प्रतिशत कर तिर्नुपर्छ । ६० हजारपछि अर्को ३ लाख कमाउनेले ३० प्रतिशत तिर्नुपर्छ। ३० प्रतिशत कर तिर्दा आम्दानी २० लाखसम्मको पुगिसकेको हुन्छ ।
२० लाखभन्दा माथि जतिसुकै कमाउनेले अर्को ६ प्रतिशत गरेर कुल ३६ प्रतिशत कर भुक्तानी गर्नुपर्छ । अब भने ५० लाखभन्दा बढी कमाउनेले अर्को ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ।
बढेको करले बैंक तथा वित्तीय संस्थाका माथिल्ला तहका कर्मचारी, कर्पोरेटका हाकिम, बीमा कम्पनीका प्रमुख लगायतलाई भार परेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०३:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार