रेशम चौधरीलाई आममाफी दिने तयारीविरुद्ध टीकापुरमा मारिएका इन्सपेक्टरकी श्रीमती सर्वोच्चमा

आइतबार, जेठ १४, २०८०

काठमाडौं । टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशम चौधरीलाई आम माफी दिने तयारीविरुद्ध मृ‌तककी श्रीमतीले रिट दिएकी छन् । उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले रिट लिएर सर्वोच्च पुगेकी हुन् ।
गणतन्त्र दिवसका दिन पारेर सोमबार चौधरीलाई आममाफी दिन आजको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।
चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्ला र उच्च अदालतको फैसलालाई केही दिनअघि सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार