संसदीय सुनुवाइ विशेष समितिमा सदस्य चयन 

आइतबार, जेठ १४, २०८०

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिमा प्रतिनिधिसभाबाट प्रतिनिधित्व गर्ने सदस्य चयन भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सदस्यको चयन गरेको हो ।
संसदीय समितिमा नेपाली कांग्रेसको तर्फबाट रमेश लेखक, ईश्वरी देवी न्यौपाने, जीवन परियार र ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट पदम गिरी, महेश कुमार बर्तौला, लिलानाथ श्रेष्ठ र ईश्वरी जीएम रहेका छन् ।
यस्तै, माओवादी केन्द्रबाट जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टी पशुपति शम्शेर जबरा र जनता समाजवादी पार्टीबाट प्रकाश अधिकारी रहेका छन् ।
१५ सदस्यीय समितिमा राष्ट्रियसभाबाट नेपाली कांग्रेसका रमेशजंग रायमाझी, नेकपा एमालेका देवेन्द्र दाहाल र माओवादी केन्द्रका जगप्रसाद शर्मा वैशाख १३ गते नै मनोनीत भइसकेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकले संसदीय  सुनुवाइ समितिमा रहने १२ जना सांसद मनोनित गरेको हो । संसदीय सुनुवाई समितिमा रहने सांसदहरूको नामावलीमाथि प्रतिनिधिसभाको आजको बैठकले बहुमतले सहमति जनाएको हो ।
आजै बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकले ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०’ पारित गरेको थियो । सोही नियमावलीको व्यवस्थाअनुसार संयुक्त समितिका रुपमा रहेको संसदीय सुनुवाई समितिमा सांसदहरु मनोनित भएका हु्न् । 
 

प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार