सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

शनिबार, जेठ १३, २०८०

काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ। प्रतिनिधि सभाको बैठकमा पाँच दिन छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रिय सभाको बैठकले यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसकेको छ। नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारलाई बजेट ल्याउन बाटो खुलेको छ । जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  २१:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार