शरणार्थी प्रकरणमा एक बर्षअघि नै उजुरी आएपछि गुपचुप मिलाउन खोजेको ओलीको आरोप

शनिबार, जेठ १३, २०८०

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले एमालेमाथि आधारहीन आरोप लगाएर जनतामा भ्रम पार्ने काम गरेको बताएका छन् । एमाले पार्टी कार्यालय च्यासलमा शुक्रबार आयोजित एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रशिक्षण कार्यक्रममा ओलीले सत्तापक्षले नियोजित रुपमा आधारहित आरोप लगाएर संसद जस्तो गरिमामय ठाँउबाट एमालेबिरुद्ध जनतामा भ्रम पार्ने काम गरेको बताएका हुन् ।
आफुले जिन्दगीभरि भ्रष्टाचार अभियान चलाएर आएको भन्दै इमानका शत्रुहरुले तथ्यहिन आरोप लगाउन खोजको उनले बताए । अध्यक्ष ओलीले पशुपतिको जलहरी र औषधीमा भ्रष्टाचार भएको बिषयमा पुष्टि हुने कुनै आधार नै नभएको भन्दै संसद अवरुद्ध गर्नुपरेको जिकिर गरे ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र आफु नजिक भएका व्यक्तिहरुको नाम पोल्न लगाएको र प्रचार गर्न लगाएको टिप्पणी गरे।
शरणार्थी प्रकरणमा एमालेको कुनै संलग्नता नरहेपनि एमालेतर्फ बाढी फर्काउन खोजेको उनको भनाइ छ । ओलीले एक बर्ष अघि नै शरणार्थी प्रकरणमा उजुरी आएपछि गुपचुप राखेर मिलाउन खोजेको आरोप लगाए। उनले एमालेबिरुद्ध हिलो छ्याप्ने र आरोपित गर्ने प्रयास हुनसक्ने भन्दै सजक हुनुपर्ने बताए।
अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई बदनाम गर्न खोजिएको टिप्पणी गरेका छन् ।
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमालेलाई दोष देखाउन खोजेको भन्दै यसमा एमालेको संलग्नता नरहेको बताए ।
“एमाले यस्ता कुरामा संलग्न छैन । एमाले सधैँ भ्रष्टाचारको विरोधी गर्छ”, उनले भने, “एमाले स्वच्छता, पारदर्शी र सुशासनको पक्षमा रहेको छ । तर एमालेलाई बदनाम गर्न खोजियो ।”
उनले एमाले विरुद्ध संसद्मा आधारहिन, असत्य  र जनतालाई भ्रम पार्ने खालका कुरा सत्ता पक्षका सांसदले बोलेकाले संसद् अवरुद्ध गरिएको बताए । “संसद्मा बोलेका कुराको पुष्टि हुनुप¥यो । पुष्टि हुने सम्भावना छैन”, उनले भने ।
अध्यक्ष ओलीले पार्टी अहिले चौतर्फि घेराबन्दीमा परेको बताए । “नेपालीलाई भुटानी बनाएर विदेश पठाउने धन्दामा केही व्यक्ति सामेल भएका छन् । अहिले यसमा को संलग्न छ ? अदालतमा मुद्दा परेको छ म भन्न चाहन्न”, उनले भने, “तर भुटानी शरणार्थी प्रकरणको सबै दोष एमालेतर्फ खन्याउन खोजियो ।”
उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूसँग नजिकका व्यक्तिलाई बयानमा नाम भन्न लगाएको आरोप लगाए ।
“मेरा नजिकका मानिसलाई कसरी पोल्न, लेख्न र मुछ्न लगाउने काम भइरहेको छ”, उनले भने, “एमालेका विरुद्ध अनेक प्रकारका हिलो छ्याप्ने, आरोपित गर्ने प्रयास भइरहेका छन् ।”
उनले आफू माथि भौतिक आक्रमण हुँदा सरकारले आक्रमण गर्नेलाई कारबाही नगरेको आरोप लगाएका छन् ।
आजसम्म सञ्चालन हुने प्रशिक्षणको पहिलो दिन स्थानीय तहको कार्यक्षेत्र, कार्यक्रमको प्राथमिकीकरण र बजेट तर्जुमा विषयमा नेपाल सरकारका पूर्वसचिव शिशिरकुमार ढुङ्गाना, स्थानीय तहमा सुशासन, सेवा प्रवाह र जनशक्ति व्यवस्थापन विषयमा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका पूर्वकार्यकारी निर्देशक विमल पोखरेल, स्थानीय तहको स्रोत परिचालन, वैकल्पिक लगानी र विकास व्यवस्थापन विषयमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्वकार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रशिक्षण दिएका थिए ।
अनुशिक्षणमा एमालेले नगरप्रमुख ८३ र उपप्रमुख ११५ तथा गाउँपालिका अध्यक्ष एक सय २३ र उपाध्यक्ष एक सय २६ सहभागी छन् ।

 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०५:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार