चन्द्र भण्डारीको संसदमा सम्बोधन, 'मलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गरियोस्'

बुधबार, जेठ १०, २०८०

काठमाडौं । आगलागीको घटनामा परी गम्भीर घाइते भइ भारतमा लामो उपचार गराएपछि स्वदेश फर्केका कांग्रेसका सांसद डा. चन्द्र भण्डारीले आफ्नो उपचारमा सहयोग गरेकोमा सम्मान व्यक्त गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग गर्न आग्रह गरेका छन् ।
गत ३ पुसमा भएको एलपी ग्यास विस्फोटबाट भएको आगलागीमा परेर भारतमा उपचार गरेका भण्डारीले उपचारपछि बुधबार पहिलोपटक प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै  सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस् भनेका छन् ।
‘म कीर्तिपुरबाट जाँदा निदाएको थिएँ । बम्बईमा सात दिनपछि ब्यूँझिएँ । ब्यूँझँदा धेरै साथीहरूले सहयोग गरेको पाएँ, त्यो सहयोगको सम्मान गर्दै सरकारले दिने सहयोग हस्पिटल बनाउनमा प्रयोग होस्,’ उनले संसदमा भने ।
घटनापछि सरकारले भण्डारीको उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । उनले आफूलाई सहयोग गर्ने रकम अस्पताल बनाउन प्रयोग गर्न आग्रह गरेका हुन् ।
आफूले व्यहोरेका घटनाबाट गत वर्ष ११० जनाले मृत्युवरण गरेका र अहिलेको वर्षमा आफ्नी आमा थपिँदा १११ जना पुगेको बताउँदै उनले गाउँगाउँमा पुगेको विजुली र ग्याँस प्रयोगबारे पाठ्यपुस्तकमा राख्नुपर्ने बताए । नेपालमा दक्ष चिकित्सक धेरै रहेका जानकारी गराउँदै उनले क्षमता भएकाले अवसर नपाएको बताए ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार