सीडीओ कार्यालयले सर्वोच्चलाई दिन सकेन रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण

आइतबार, जेठ ७, २०८०

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा (प्रमाण) बारे आफ्नै पुरानो जवाफमा बाझिने गरी पत्र पठाएको छ ।
युवराज पौडेल सफलको निवेदनअनुसार सर्वोच्च अदालतले गत वैशाख २७ गते जिल्ला प्रशासनलाई पत्र लेख्दै रविले अमेरिकी नागरिकता त्यागेको प्रमाण माग गरेको थियो ।

https://nepalkhabar.prixacdn.net/media/albums/cdo-office-letter-rabi-lamichhane_ewC1SyNtmZ.jpg
सर्वोच्चको उक्त पत्रको जवाफ दिँदै गत माघ १५ गते पुरानै नम्बरसहितको नेपाली नागरिकता पुनर्प्राप्ति गर्ने क्रममा रविले अमेरिकी नागरिकता त्यागेको निस्साबारे विरोधाभाषपूर्ण जवाफ दिएको हो ।
प्रशासनका कानुन अधिकृत सानोबाबु श्रेष्ठले यही जेठ ३ गते सर्वोच्चलाई लेखेको जवाफमा उक्त कुरा आफ्नो  कार्यालयसँग सम्बन्धित नरहेको बताएका छन् ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार