सार्वजनिक जग्गाको विवरण तयार गर्दै ललितपुर महानगर

मंगलबार, जेठ २, २०८०

ललितपुर । ललितपुर महानगरले महानगरभित्रका सार्वजनिक जग्गाको एकिन विवरण तयार पार्ने भएको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरद्धारा छयासीकोटमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उक्त कुरा बताएका हुन् । 
‘वडा नंं.१ देखि २९ सम्मका सबै सार्वजनिक जग्गाको क्षेत्रफल र अवस्थाको फेरहिस्त तयार पार्छौ, त्यसको लागि महानगरले समिति नै बनाएर काम गर्छ’, महानगर प्रमुख महर्जनले भने । 

346108403_3473659219572347_8831525306401548856_n1684236646.jpg
सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीले सार्वजनिक जग्गा संरक्षणको सन्दर्भमा प्रश्न उठाएका थिए । विशेषगरी महानगरको चक्रपथ बाहिरका वडाहरुमा सार्वजनिक, पर्ती र ऐलानी जग्गा धेरै भएको बताउँदै महानगरप्रमुख महर्जनले ती जग्गामा धैरैले आँखा गाडेको स्पष्ट पारे । 
राजनीतिक दलहरुबाट सार्वजनिक जग्गा प्रयोगको लागि धेरै दबाब आएको बताउँदै नगरप्रमुख महर्जनले भने ,‘मलाई मेरै पाटीबाट पनि प्रेसर छ, अरु पाटीहरुले पनि प्रेसर दिएका छन् , सार्वजनिक जग्गा प्रयोगका लागि ।’ नगरप्रमुख महर्जनले आफू मेयर हुँदासम्म एक पैसा सार्वजनिक जग्गा पनि कसैलाई नदिने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘दोस्रो कार्यकालको अझै चार वर्ष कार्यअवधि छ, सार्वजनिक जग्गा एक पैसा पनि दिन्न ।’ महानगर प्रमुख महर्जनले केही समय अघि कुनै एक संस्थाले ‘सार्वजनिक जग्गा दिनुस् त्यहाँ भवन बनाएर सामाजिक काम गर्छौ’  भन्दै प्रस्ताव लिएर आएको स्मरण पनि उनले सार्वजनिक सुनुवाई कार्यक्रममा गरेका थिए । सोही विषयलाई लिएर म यहाँ आरोप–प्रत्यारोप गर्न चाहन्न ।’ 

346106975_630031612019487_485494516031054252_n1684236647.jpg
जात्रा चलाउन पनि समस्या सिर्जन भयो । यसले रातो मच्छिन्द्रनाथको करिब १७ सय वर्ष परम्परा र प्रथामा आँच आउने काम भयो । मूर्ति स्थापना गरेर पनि फूलप्रसाद दिन मिल्छ भन्ने कुरा गर्नथाले । यता पानेजुले मूर्ति भएसम्म जाँदैनौ भन्ने भयो । जुन कुराले हामी अन्यौलमा पर्यौंर्’ एक अर्काे पंसंगमा महानगर प्रमुख महर्जनले भने । 

346107247_561575169440577_824604363876077393_n1684236619.jpg

346107827_905131890545521_7649559522862850765_n1684236619.jpg

346107833_3532564680310540_325630957259784198_n1684236718.jpg

प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार