टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अनुमति, लगत्तै बयान सुरु

सोमबार, जेठ १, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अदालतबाट अनुमति पाएलगत्तै रायमाझीसँग बयान लिइएको छ । .
इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान सुरु भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले उनको बयान लिएको थियो ।
यो मुद्दामा बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नुपर्ने भएकाले बयान सुरु गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जानकारी दिए ।
२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार