टोपबहादुर रायमाझी पक्राउ

सोमबार, जेठ १, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतबार साँझ उनलाई बुढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको हो । रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको हो। सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई प्रहरीले पक्राउ गरिसकेको छ । उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले पक्राउ गरेको हो । उक्त प्रकरणमा उनका छोरा सन्दीपलाई वैशाख २० गते बुटवलबाट पक्राउ गरेको थियो । अहिलेसम्म यो प्रकरणमा १२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०४:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार