भारतबाट पक्राउ परे टोपबहादुर रायमाझी, नेपाल प्रहरीलाई नबुझाइकन फेरि भगाइयो

आइतबार, वैशाख ३१, २०८०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि फरार भएका पूर्वमन्त्री टोपबहादुर रायमाझी भारतबाट पक्राउ परेका छन् । रायमाझीलाई भारतीय प्रहरीले भारतको उत्तर प्रदेशबाट पक्राउ गरेको हो ।
रायमाझी प्रकाउ परेपछि त्यसको जानकारी नेपाललाई पनि गराइएको थियो । रायमाझि पक्राउ परेको कुरा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसम्म पुग्यो । रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो ।
भारतको उत्तर प्रदेशबाट पक्राउ परेका रायमाझीलाई भारतले भैरहवामा ल्याएर नेपाललाई बुझाउने तय भएको थियो । सोही अनुरुप रायमाझीलाई लिन सिआईबीको टोली भैरहवामा पुगेको थियो । तर भारतीय प्रहरीले रायमाझीलाई शनिबार बुझाएन । रायमाझीलाई लिन पुगेको सिआईबी रित्तो हात फर्किएको छ ।
प्रहरी स्रोतका अनुसार रायमाझी पक्राउ परेपछि फेरि भाग्न सफल भएका छन् । रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि उनी बुटवलबाट फरार भएका थिए । लामो समयसम्म खोजी गर्दासमेत फेला नपरेका रायमाझी भारतबाट पक्राउ परे पनि भाग्न सफल भएका हुन् । ं
यो प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे सुरक्षाविज्ञ डा.इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

 

प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  ०५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार