भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री डिल्लीबहादुर चौधरी

शनिबार, वैशाख ३०, २०८०

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन् । आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए । नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पारे।
सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे। मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो ।

पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ की भन्नु गलत रहेको उनको भनाइ थियो ।
लोकतन्त्रको सम्वद्र्धन र संरक्षणका लागि नेपाली मिडिया सक्षम रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले राजनीतिक दलले मिडियामैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए।

 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २०:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार