१६ वर्ष कानुनी लडाई खेपेको सप्तपाताल पोखरी फेरि बन्दै

सप्तपातालसँगै अन्य दुई पोखरीको पनि पुनर्निर्माण
शुक्रबार, वैशाख २९, २०८०

ललितपुर । लगनखेलको बटुकभैरव मन्दिरको ‘अपोजिट’ साइडमा हरियो पारदर्शी बारभित्र भित्र एउटा चिटिक्क परेको मञ्च थियो । मञ्चमा जनप्रतिनिधि, सुरक्षाकर्मी, अतिक्रमणमा परेको सप्तपाताल पोखरीलाई अतिक्रमण मुक्त बनाउन अहोरात्र लागेका पूर्ण स्थापितलगायत थुप्रै व्यक्तित्व थिए ।
कार्यक्रम थियो, अतिक्रमित सप्तपाताल पोखरीलाई अतिक्रमण मुक्त बनाउने अभियानमा लागेका अभिवक्ता, विज्ञ र सरोकारवालाहरुलाई सम्मान गर्ने  । गएको फागुन महिनासम्म अहिले मञ्च बनाइएको ठाउँमा नमूना मच्छिन्द्र माविको भवन थियो । अहिले त्यो ठाउँमा पोखरी निर्माणको लागि विद्यालयको संरचना हटाएर जमिन समम्याउने काम भएको छ । २०७६ माघ महिनामा अदालतले स्कुलको नाउमा रहेको लालपुर्जा बदर गरी सप्तपाताल पोखरीका नामामा लालपुर्जा जारी गरेको थियो ।

346102058_199444289622379_9095017346267095513_n1683905097.jpg
वि.सं.२०६१ सालदेखि १६ वर्षसम्म कानुनी लडाईको सफलतासँगै आयोजकले खुशी बाँड्न र संघर्षमा सधैँ निः शुल्क साथ दिनेहरुकालाई सम्मान गर्न कार्यक्रम आयोजना गरेको थियो ।
२०२१ सालको अभिलेखमा ल.न.पा. वडा नं. ५ (क) कित्ता नं. १२६ मा २०५.८० रोपनी जोताहा उल्लेख छ । यो सार्वजनिक जग्गा मिच्ने क्रम २०२२ सालबाटै सुरु भयो । २०२२ सालमा नमूना पाठशाला स्थापनासँगै सप्तपाताल पोखरी मासिन थाल्यो । २०२६ सालमा नमूना स्कूलको बोर्ड बैठकले पोखरी पुर्ने निर्णय ग¥यो । लगनखेल बस्ती नै ढाकिने जग्गा सार्वजनिक भए पनि अहिले १४ रोपनी १० आना २ पैसा फिर्ता भएको छ ।
प्रमुख अतिथिको भूमिकामा रहेका ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आफू केटाकेटी हुँदाको कुरा सम्झे । उनले भने, ‘यो ठाँउमा ठूलो चौर थियो, हामी बच्चामा फुटवल खेल्न आउँथ्यौं ।’ ऐतिहासिक र धार्मिक सप्तपाताल पोखरीको पुनस्र्थापना वातावरण संरक्षणको दृष्टिले कोशेढुंगा सावित हुने बताए ।

346068937_1213846112609414_4374326081883882634_n1683905093.jpg
उनले भने, ‘लगनखेल, टंगल, स्वठका ढुंगेधारामा यो पोखरीमा पानी भएपछि पानी सुक्दैन ।’  ललितपुर महानगरले  सप्तपाताल पोखरीसहित नेपाली सेनाको हातामा रहेका दुई वटा पोखरीहरु पुनर्निर्माण गर्न धमाधम काम गरिरहेको छ । महानगर प्रमुख महर्जनले यी तीनवटै पोखरीमा टिकाभैरबको राजकुलोको पानी ल्याएर भर्ने जानकारी दिए । उनले भने, ‘यो पोखरीमा पानी मात्रै भर्ने होइन, कमलको फूल पनि फुलाउँछु ।’

346102058_199444289622379_9095017346267095513_n1683905097.jpg
चिरीबाबुले कमलको फूल फुलाउने प्रतिबद्धता व्यक्त गरिरहँदा प्रफुल्लित मुद्रामा रहेका दर्शकदीर्घाका नगरबासीले तालीले स्वागत गरे । उनले पोखरीमा पानी वर्षातको पानी संकलन गरेर पानी भरणको व्यवस्था मिलाउने बताए ।
ललितपुर महानगरले यी तीनवटै पोखरी तीन चरणमा निर्माण गर्ने गरी योजना बनाएको छ । पहिलो चरणमा वरिपरि पारदर्शी हरियो वार लगाउने, जुन अहिले भइरहेको छ, दोस्रो चरणमा टिकाभैरवको राजकुलोबाट पानी ल्याउने र तेस्रो चरणमा कमलको फूल फुलाउने गरी काम भइरहेको छ ।

346101434_639763234859705_2936282498320441260_n1683904435.jpg
गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन मच्छिन्द्रनाथको जात्रामा ठेचोबाट बाल्यकालमा आफ्ना बाबुआमासँगै हात समातेर राजकुलो हुँदै पाटन आएको स्मरण गरे । उनले त्यसबेला राजकुलोमा माछा देख्थे । ‘सानो मान्छे’ तर लड्ने डरले उनका बाबुले माछा टिप्न दिँदैनथे । ‘राजकुलोको पानी  सप्तपाताल पोखरीसम्म आउथ्योँ, पोखरीमा पानी हुन्थ्यो’ उनले सम्झिए । गोदावरी नगरप्रमुख महर्जनले ढोलाहिटीसम्म राजकुलोको पानी पुगिसकेको बताउँदै अब लगनखेलसम्म ललितपुर महानगरले लैजाने बताए ।
कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले नेपाली सेनाको हाताभित्र रहेको पोखरी पुनर्निर्माणका लागि महानगरलाई फिर्ता दिएकोमा धन्यवाद दिए । कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सम्पदा र संस्कृति जोगाएर राख्न सके सन्ततिले धन्यवाद दिने बताउँदै अन्यथा धिक्कार्ने धारणा व्यक्त गरे ।

346095021_265801849140092_8827047510838539779_n1683904631.jpg
पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाले सहरको बीचमा पोखरी बन्नु वातावरणको दृष्टिले उत्कृष्ट काम भएको बताए । सम्मानित व्यक्तित्व पूर्णमान शाक्यले १६ वर्षसम्म अतिक्रमणमा परेको सप्तपाताल पोखरीलाई अतिक्रमणले मुक्त बनाउने क्रममा थुपै्र आरोह अबरोह खेप्नु परे पनि आजको सम्मानले ती सम्पूर्ण भोगाईलाई फिक्का बनाइदिएको भन्दै खुशी साटे ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  २०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार