गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत

शुक्रबार, वैशाख २२, २०८०

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
गण्डकी प्रदेशसभाको बिहीबारको बैठकमा विश्वासको मतको पक्षमा ३५ मत तथा विपक्षमा २२ मत परेको छ । मुख्यमन्त्री पाण्डेलाई कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा (एकीकृत समाजवादी)को प्रदेश सदस्यले मत दिए । विपक्षमा नेकपा (एमाले)का २२ प्रदेशसभा सदस्यको मत परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बसेका थिए । वैशाख १४ गते प्रदेश मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार