अक्षयकोषका लागि ललितपुर महानगरको आर्थिक सहयोग

सम्यक् महादानलाई ५० लाख, बुद्ध जयन्ती मनाउन २५ लाखको अक्षयकोष
बिहीबार, वैशाख २१, २०८०

ललितपुर । ललितपुर महानगरले सम्यक् महादान पर्वको निरन्तरताको लागि अक्षयकोष स्थापना गर्न ५० लाख प्रदान गरेको छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र हिरण्य वर्ण महाविहार सुधार समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले अक्षयकोषसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा हस्ताक्षरपछि महानगर प्रमुख चिरीबाबु महर्जनले समितिका अध्यक्ष पुष्पराज बज्राचार्यलाई चेक हस्तान्तरण गरे ।
बौद्ध संस्कृतिमा चलि आएको पञ्चदान, सम्यक् महादान र ऐच्छिक सम्यक् मध्ये सम्यक् महादानलाई उच्च र उत्तम मानिन्छ । यो पर्व ललितपुरमा प्रत्येक पाँच वर्षमा मनाइन्छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सम्यक् महादान पर्वको निरन्तरका लागि अक्षयकोष स्थापनामा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले भने, ‘आर्थिक अभावमा धार्मिक र सांंस्कृतिक रुपमा महत्वपूर्ण पर्व ओझेलमा नपरुन् भनेर महानगरले अक्षयकोषका लागि रकम दिएको हो ।’ समितिका अध्यक्ष पुष्पराज बज्राचार्यले महानगरले सम्यक् महादानका लागि सहयोग गरेकोमा धन्यवाद दिए ।

बुद्ध जयन्ती मनाउन २५ लाखको अक्षयकोष
ललितपुर महानगरले बुद्ध जयन्ती समारोह संचालन र व्यवस्थापन अक्षयकोषका लागि २५ लाख प्रदान गरेको छ ।
अक्षयकोष प्रदान गर्नेसम्बन्धी समझदारी पत्रमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र ललितपुर बुद्ध जयन्ती कोषका अध्यक्ष चन्द्रमान शाक्यले हस्ताक्षर गरे ।  हस्ताक्षरपछि महानगर प्रमुखले चन्द्रमान शाक्यलाई चेक हस्तान्तरण गरे ।

342854731_252420054024312_6306962186336384094_n1683199083.jpg
आर्थिक अभावका कारण महत्वपूर्ण समारोह र कार्यक्रम ओझेलमा नपरुन भन्ने उद्देश्यले महानगरले अक्षयकोष स्थापनाका लागि सहयोग गरेको महानगर प्रमुख महर्जनले बताए । कोषका अध्यक्ष चन्द्रमान शाक्यले महानगरलाई बुद्ध जयन्ती समारोह सञ्चालन र व्यवस्थापनका लागि सहयोग गरेकोमा धन्यवाद दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार