लुम्बिनीमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई विश्वासको मत प्राप्त

मंगलबार, वैशाख १९, २०८०

लुम्बिनी ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । आज बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गरेका हुन् ।
प्रदेशसभामा बैठकमा भएको मतदानमा विश्वासको मतको पक्षमा ५३ र विपक्षमा २९ मत परेको थियो । चारजना तटस्थ बसे । प्रदेश सभामा रहेका १० दलमध्ये विश्वासको मतको पक्षमा आठ दलका ५२ जना र एक स्वतन्त्र सांसदगरी ५३ जनाले मतदान गरेका छन् । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका नौ, नागरिक उन्मुक्ति पार्टीको चार, जसपा, लोसपा र जनमतका तीन÷तीन, नेकपा ९एकीकृत समाजवादी०, राष्ट्रिय जनमोर्चा एक÷एक र एक स्वतन्त्र सांसदसहित ५३ जनाले मतदान गरेका थिए ।
यस्तै विपक्षमा नेकपा एमालेका २९ र राप्रपाका चार गरी ३३ जना रहेका छन् । मुख्यमन्त्रीमा चौधरीले विश्वासको मत पाएपछि सरकारलाई पूर्णता दिने तयारीमा थालेका छन् ।
मुख्यमन्त्री चौधरीसँगै शपथ लिएका तीनजना मन्त्रीको विभागीय जिम्मेवारी तोकिएको छैन । माओवादी केन्द्रबाट धनबहादुर मास्की, लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोषकुमार पाण्डे र नागरिक उन्मुिक्त पार्टीका धर्मबहादुर चौधरी बिनाविभागीय मन्त्री भएका छन् ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार