१० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो, खाद्यान्न तथा तरकारी किनेरै गुजारा गर्छन नेपाली

सोमबार, वैशाख १८, २०८०

काठमाडौँ । सहरी क्षेत्रमा बसोबासको दर बढेसँगै खेतीयोग्य जमिन बाँझो पल्टन थालेको धेरै भइसकेको छ । रोजगारीको अवसर, सुविधा भोग्ने चाह तथा छोराछोरीको पढाइलाई कारण देखाउँदै मानिसहरु अहिले सहरी क्षेत्रमा बसोबास गर्न थालेका छन् । यसले खेतीयोग्य जमिन बाँझो पल्टिन थालेको छ । खेतीयोग्य जमिन बाझो पल्टिँदा गुजारा चाही किनेरै गर्नु बाध्य छन् नेपाली । किनेर खानै रमाउँदा ठूलो परिमाणमा खेतियोग्य जमिन बाँझो पल्टेको छ । कृषि मन्त्रालयको एक तथ्यांक अनुसार १० लाख ३० हजार हेक्टर कृषियोग्य जमिन बाँझो रहेको छ ।   अखिल नेपाल किसान महासङ्घले ७३औँ स्थापना दिवसमा कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा बेदुराम भुसालले यो आकडा प्रस्तुत गर्दै उत्पादन वृद्धि गर्नका लागि बाँझो जमिनमा खेतीपातिको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याए । “कृषि क्षेत्रमा व्याप्त समस्याका कारण कृषि अपहेलित छ” उनले भने ।  
कूल ५१ अर्बको बजेटमध्ये ३१ अर्ब मलमा, १२ अर्ब स्थानीय र प्रदेशमा तथा आठ अर्ब कर्मचारीको तलबमा खर्च हुने गरेको छ ।

 

प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  ०५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार