काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा, वर्षाकै कारण एसीसी प्रिमियर कपको सेमिफाइनल खेल रद्द

शनिबार, वैशाख १६, २०८०

काठमाडौँ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका आधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षाकै कारण आज त्रिवि क्रिकेट मैदान तथा मुलपानी क्रिकेट मैदानमा भएका एसीसी प्रिमियर कपको सेमिफाइनल खेल रद्द भएका थिए ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ ।
अहिले कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि बदलीसँगै वर्षा गराउने उनले बताए ।
रातिको समयमा पनि  देशका पहाडी क्षेत्रमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार