सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति रोक्का गर्न माग

शनिबार, वैशाख १६, २०८०

काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घले सहकारीबाट ऋण लिएर नतिर्नेको सम्पत्ति तत्काल रोक्का गर्न माग गरेको छ । सहकारी समस्या समाधान समितिले शुक्रबार पत्रकार सम्मेलन गरी सहरकारीबाट ऋण लिई नतिर्ने मनसाय भएका ऋणीहरूको एकाघर संगोल परिवारको चलअचल सम्पत्ति रोक्का राख्न पाउनुपर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न माग गरेको हो ।
सहकारी समस्या समाधान समितिकी संयोजक ओमदेवी मल्लले व्यक्तिगत बचतको सीमा २५ लाख तोक्ने गरी सहकारी ऐन संशोधन गर्न बनेको विधेयकको दफा तत्काल खारेज गर्नुपर्ने बताइन् । उनले सरकारसँग १३ वटा माग राख्ने क्रममा समितिले वित्तीय सहकारीमा देखिएको तरलता समस्या तत्काल समाधानका लागि राष्ट्रिय सहकारी बैंकमार्फत परिचालन हुने गरी सहुलियत ब्याजदरमा ३ वर्षसम्मका लागि १० अर्ब रकम उपलब्ध गराउनुपर्ने माग गरिन् ।
उनले सहकारी अभियानप्रति लक्षित भ्रामक गतिविधि र अफवाहका कारण जनस्तरमा अविश्वास बढेका भन्दै त्यस्ता गतिविधि विरुद्ध आवश्यक कारबाही गर्न माग गरिन् ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०६:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार