लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लिए शपथ

शुक्रबार, वैशाख १५, २०८०

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई शपथ गराएका हुन् ।
बिहीबार प्रदेश प्रमुख शेरचनले  चौधरीलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
गत पुस २७ गते नेकपा माओवादी केन्द्रसहित दलको समर्थनमा सरकारको नेतृत्व गरेका एमाले संसदीय दलका नेता लिला गिरीले गत सोमबार प्रदेशसभामा विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए ।
चौधरीले माओवादी केन्द्रसहित आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य ५३ जनाको समर्थनसहित बिहीबार मुख्यमन्त्रीका लागि दाबी गरेका थिए । मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार तथा  जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एक÷एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन छ ।
तीन बिनाविभागीयमन्त्री नियुक्त
नवनियुक्त मुख्यमन्त्री चौधरीले तीनजना मन्त्री नियुक्ति गरेका छन् । सत्ता गठबन्धन दलका तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष पाण्डे, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र नेकपा माओवादी केन्द्रका  धनबहादुर मास्कीलाई बिना विभागीयमन्त्रीमा नियुक्त भएका छन् । नव नियुक्त मन्त्रीहरुलाई पनि आजै प्रदेश प्रमुख शेरचनले शपथ गराएका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १४:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार