पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

शुक्रबार, वैशाख १५, २०८०

काठमाडौँ । पश्चिमी वायुसहित स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ ।
सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघजर्गन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका साथै प्रि–मनसुन गतिविधि पनि सक्रिय रहेकाले वर्षाको सम्भावना रहेको छ । विशेषगरी देशका पहाडी भेगमा मेघजर्गन÷चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने मध्य र पश्चिम तराईका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०३:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार