ललितपुर महानगरले सार्वजनिक सुनुवाई आयोजना गर्ने

बिहीबार, वैशाख १४, २०८०

ललितपुर । ललितपुर महानगरले योजना तर्जुमा, विकास निर्माणमा सुधार तथा सेवा प्रवाहलाई पारदर्शी, गुणस्तरीय र प्रभावकारी बनाउँदै सुशासन कायम गर्न सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने भएको छ ।
ललितपुर महानगरले भोलि वैशाख १५ गते शुक्रबार जावलाखेलस्थित पार्कमा सार्वजनिक सुनुवाई गर्न लागेको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले महानगरपालिकालाई जवाफदेही बनाउने महानगरप्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने,‘ महानगरबाट भएका गल्ती कमजोरीलाई सुधार गर्नका लागि यो कार्यक्रम महत्वपूर्ण हुन्छ ।’
कोभिडको कारण अघिल्ला वर्षहरुमा सार्वजनिक सुनुुवाई गर्न नसकेको बताउँदै  विकास निर्माणका गतिविधि बुझ्न यो कार्यक्रम आयोजना गरिएको बताए । उनले भने, ‘यो फिडब्याकका लागि पनि निकै महत्वपूर्ण कार्यक्रम हो,यो सुनुवाईले महानगरलाई आगामी योजना तय गर्न सहयोग गर्छ, कमी कमजोरी सुधार गर्न सहयोग गर्छ ।’

 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार