धेरै भए सांसद, सङ्ख्या घटाउन सांसदले नै राख्न थाले माग

बुधबार, वैशाख १३, २०८०

काठमाडौँ । प्रदेश सभाको उपस्थितिमाथि प्रश्न उठिरहेका बेला सांसदहरुले नै सांसदहरुको संख्या घटाउन माग गरेका छन् । अलिहे प्रतिनिधिसभामा दुई सय ७५ तथा प्रदेशसभामा पाँच सय ५० जना सांसद छन् ।  प्रतिनिधिसभामा एक सय ६५ र प्रदेशसभामा तीन सय ३० मात्रै सांसद संख्या कायम गर्न सुझाव आएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सङ्ख्या परिमार्जन गर्न माग उठेको छ ।
सांसद खिमलाल देवकोटाले शासन व्यवस्था तथा पार्टी नेतृत्व तहमा सुधारको आवश्यकता औँल्याएका हुन् । देवकोटा राज्य संरचनामा मिहिन तरिकाले लागेका सांसद हुन् । बैठकमा उनले भने, “प्रधानमन्त्रीको कार्यकाल दुईपटक, सासंद वा मन्त्री तीनपटक र पार्टी÷दलको नेतृत्व दुई कार्यकालभन्दा बढी नहुने व्यवस्था गरौँ । समानुपातिक समावेशी सहभागितालाई प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेश गरी समानुपातिक निर्वाचन प्रणाली खारेज गरौँ ।”
उलले प्रतिनिधिसभामा सदस्य सङ्ख्या  दुई सय ७५ बाट घटाएर एक सय ६५ र प्रदेशसभाको सङ्ख्या पाँच सय ५० बाट घटाएर तीन सय ३० मात्रै कायम गर्न सुझाव दिए ।  
विभिन्न आयोग तथा सरकारी कार्यालयमा हुने नियुक्ति प्रक्रिया नियमसङ्गत नरहेको पनि उनको भनाइ छ । “अदालत, संवैधानिक निकाय, विश्वविद्यालयलगायतका निकायहरूमा दलीय भागबन्डाका आधारमा गरिने नियुक्ति र सार्वजनिक संस्थानहरूमा पार्टी सदस्य भर्ना गर्नेकाम बन्द गरौँ”, उनले भने ।

 

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार