फ्लाई दुबईको जहाज दुबइमा सकुशल अवतरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा ठोक्किएर विमानकाे इन्जिनमा आगो
मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ । काठमाडौंबाट १६७ यात्रुसहित उडेको फ्लाई  दुबईको विमान निर्धारित गन्तव्यमा अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि सोमबार राति उडेको फ्लाई दुबईको जहाजको इञ्जिनमा खराबी देखिए पनि पाइलटले सुरक्षित रुपमा उडानलाई निरन्तरता दिँदै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका छन् । पाइलटले विमानलाई दिल्लीमा अवतरण गराउन सक्ने अनुमान गरिएको थियो ।
तर सो विमान दिल्लीको आकाशबाट पनि पार भएको निर्धारित गन्तव्यतर्फ (दुबईतर्फ) नै लागेर सुरक्षित अवतरण गरेको फ्लाई  दुबई मिडिया असिसका प्रवक्ताले जानकारी दिएका छन् । कम्पनीका प्रवक्ताले विमान उडेपछि चरा ठोक्किएको बताएका छन् । विमान निर्धारित समयमा नै दुबईमा अवतरण भएको उनले जानकारी दिए ।

Fly Dubai 1682371780.png
फ्लाइ दुबईले काठमाडौंबाट दुबई उडेको जहाजमा चरा ठोक्किएको उल्लेख गरेको छ। दुबई मिडिया अफिसले फ्लाइ दुबई प्रबक्ताको ट्वीटर उल्लेख गर्दै लेखेको छ, केही प्रक्रिया पुरा गरेर जहाज सुरक्षित रूपमा दुबईको स्थानीय समय अनुसार ००ः ११ मा अवतरण भएको छ । विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इञ्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखियो । विमान चालक (पाइलट) ले जहाजलाई धादिङको धार्केमाथिको आकाशमा करिब २१ हजार फिट उचाइमा करिब ११ मिनेट जहाज होल्ड गरेर जहाजको इञ्जिनको ‘कन्डिसन’ जाँच गरेका थिए । जहाजको सिङ्गल इञ्जिन खराब भएपछि आकाशमा होल्ड गरेर जाँच गरिएको थियो  त्यतिन्जेलसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए ।
टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिएका थिए ।
जहाजमा आगो लागेको इञ्जिन बन्द गरिन्छ । सिङ्गल इञ्जिनमा जहाज उड्छ तर गति कम हुन्छ । गन्तव्य पुग्न दोब्बर समय लाग्छ ।  

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०३:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार