लुम्बिनीमा एमाले नेतृत्वको सरकारले पाएन विश्वासको मत, पक्षमा ३३ र विपक्षमा ५३ मत

सोमबार, वैशाख ११, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरि प्रदेश सभाबाट विश्वासको मत नपाएपछि पदमुक्त भएका छन् । गिरिको प्रस्तुत गरेको विश्वासको मतको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको छ । आवश्यक बहुमत संख्या ४४ पुर्याउन नसक्दा लुम्बिनीमा गिरि सरकार ढलेको हो।
गिरिको पक्षमा उनकै पार्टी एमालेका २९ र राप्रपाका ४ सांसदले मात्र मत दिएका थिए ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्री समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, एकिकृत समाजवादी र स्वतन्त्र सांसदले विपक्षमा मतदान गरेका थिए ।
पुस २७ गते लुम्बिनीको माओवादी केन्द्रसहितका दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरिले फागुन ५ गते पहिलो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए ।
केन्द्रमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँगको सहकार्य तोडेर कांग्रेससँग गठबन्धन गरेपछि लुम्बिनी प्रदेशमा पनि त्यसको असर परेको हो ।
गत चैत १२ गते गिरि नेतृत्वको लुम्बिनी सरकारलाई साथ दिएका माओवादी केन्द्र सहित ६ दलले समर्थन फिर्ता लिएका थिए ।

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १३:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार