मधेस प्रदेशका मुख्यमन्त्री यादवसँग २४ घण्टे स्पष्टीकरण

आइतबार, वैशाख १०, २०८०

काठमाडौँ । निर्वाचनलाई प्रभावित गरेको भन्दै निर्वाचन आयोगले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग २४ घण्टे स्पष्टीकरण सोधेको छ ।   निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी निर्वाचन आचारसंहिताविपरीत कार्य गरेको भन्दै आयोगले मुख्यमन्त्री यादवसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
मधेश प्रदेश अन्तर्गत पर्ने बारा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य चयनका लागि  मतदान भइरहेको छ । निर्वाचनको स्वच्छता, स्वतन्त्रता र निष्पक्षतामा प्रतिकूल असर पर्ने गरी अनुमतिबिना  निर्वाचन आचारसंहिताविपरीत हुने गरी केकति कारणबाट पचरौता नगरपालिका क्षेत्रमा गएको हो भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।
“तपाईं त्यहाँ जाँदा प्रयोग गरेको सवारीसाधन र सुरक्षा व्यवस्था सरकारी हो, होइन ? तपाईंको यो कार्यले पदको गरिमा र निर्वाचन आचारसंहिता, उल्लङ्घन हुन्छ, हुँदैन ? निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकामा तपाईँलाई निर्वाचन आयोग ऐन, बमोजिम कारबाही किन नगर्ने ?”, आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १२:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार