गोदावरी मेयर कप फुटबल प्रतियोगिता सुरु

नगर प्रमुख भन्छन् ,‘यस्ता प्रतियोगिताबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार भएका छन् ’
आइतबार, वैशाख १०, २०८०

चापागाउँ (ललितपुर) । गोदावरी मेयर कप फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
उक्त प्रतियोगिताको संघीय सासंद उदय शमशेर राणाले उद्घाटन गरे । यो प्रतियोगिता टु स्टार क्लबले आयोजना गरेका हो ।
संघीय सांसद राणाले खेलकुदले व्यक्तिको व्यक्तित्व विकास गर्ने बताउँदै गोदावरी नगरपालिकाले खेल क्षेत्रको विकास गर्न खेलाडीलाई प्रोत्साहित गर्दै प्रतियोगिताहरु आयोजना गरेकोमा धन्यवाद दिए ।

Goda1682224295.jpg
खेल क्षेत्रको विकाका लागि युवा तथा खेलकुद मन्त्रालयको बजेट वृद्धि हुनुपर्ने बताउँदै भने, ‘अर्थमन्त्रीज्यूसँगको भेटघाटमा हामीले खेलकुद मन्त्रालयलाई थप बजेट विनियोजन गर्न अनुरोध गर्छौ ।’ स्थानीय तहले यस्ता प्रतियोगिता आयोजना गर्दा खेलाडी उत्पादन हुने बताउँदै ती खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उनले दाबी गरे ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले खेलाडी राष्ट्रको सम्पत्ति भएको बताउँदै नगरपालिकाले खेल क्षेत्रलाई प्राथमिकता दिएको उल्लेख गरे ।

go sild1682224333.jpg
खेलाडी उत्पादन गर्न र प्रोत्साहित नै नगरपालिकाले थुप्रै प्रतियोगिता आयोजना गरेको उनले जानकारी दिए । उनले भने, ‘यस्ता प्रतियोगिताहरुबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुन्छन्, त्यसैले हामीले थुप्रै प्रतियोगिता आयोजना गरेका छौं ।’
गोदावरी नगरपालिकाले प्रत्येक वडामा खेल मैदान निर्माण गरेको बताउँदै उनले भने, ‘अर्को मेयर कप गोदावरीले निर्माण गर्दै गरेको खेलमैलमा गर्छौ ।’ गोदावरी नगरपालिकाले खेल क्षेत्रमा उत्कृष्ट योगदान दिने खेलाडीलाई आजीवन भत्ताको समेत व्यवस्था गरेको उनले जानकारी दिए ।

WhatsApp Image 2023-04-23 at 10.11.351682224250.jpeg
प्रदेश सांसद रघुनाथ महर्जन खेलक्षेत्रको विकास गर्न, खेलाडीलाई प्रोत्साहित गर्न प्रदेश सरकारले पनि गोदावरी नगरपालिकालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । यस्ता प्रतियोगितामाले गोदावरी नगरपालिकामा अब्बल खेलाडी उत्पादन भइरहेको उनको धारणा  थियो ।

go u1682224307.jpg
कार्यक्रममा खेलाडी विराज महर्जनलगायत अन्य खेलाडीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बालबालिकाले नृत्य पनि प्रस्तुत गरेका थिए ।

ga go1682224350.jpg

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  १०:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार