कोरोना सङ्क्रमणबाट एक जनाको निधन

शनिबार, वैशाख ९, २०८०

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो । शुक्रबार पनि एक जनाको निधन भएको थियो ।
आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन् । यस्तै आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष (आइसीयू) र तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

 

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार