तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन काठमाडौँ महानगरलाई सर्वोच्चको आदेश

शुक्रबार, वैशाख ८, २०८०

काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबार को फोहोर उठाउन  काठमाडौँ ।महानगरपालिकालाई आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले सिंहदरबारभित्रको फोहोर तत्काल उठाउन आदेश जारी गरेको हो । महानगरपालिका मेयर बालेन शाहले भने आफूले काठमाडौँको फोहोर नउठाउने बताउँदै आएका छन् । त्यस विरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले फोहोर व्यवस्थापनमा संघीय सरकारबाट असहयोग भएको भन्दै फोहोर नउठाउने निर्णय गरेका हुन् । उनले फोहोर उठाउन सहयोग नगरेकोमा राजधानी सारेपनि हुने बताएका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १९:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार