नेपालबाट देखिएन सूर्यग्रहण

दोष नेपालीलाई नलाग्ने
बिहीबार, वैशाख ७, २०८०

काठमाडौं । आज सूर्य ग्रहण लाग्दै छ । तर यो ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।आजको सूर्य ग्रहण चीन, मंगोलिया लगायत देशबाट देखिन्छ ।
सूर्य ग्रहण नेपालबाट नदेखिने भएकाले यसको दोष नेपालीलाई लाग्दैन। यस वर्ष वैशाख ७, असोज २७ र चैत २६ गते सूर्य ग्रहण लाग्दै छ । तर यी तीनै पटकका ग्रहण नेपालबाट देखिदैन । कात्तिक ११ गते लाग्ने चन्द्र ग्रहण भने नेपालबाट देखिन्छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  १२:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार