कोरोना भाइरसको संक्रमण देखिए सात दिनसम्म आइसोलेशनमा बस्न आग्रह

बुधबार, वैशाख ६, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका हुन् ।
कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी बसेको, २४ घण्टाभित्र ज्वरोको औषधि नखाइ नै ज्वरो कम भएको भए भने आइसोलेशनमा बस्नुपर्दैन । सात दिनसम्म आइसोलेशनमा बसेर आठौँ दिनमा बाहिर निस्के पनि अरु मानिसको सम्पर्कमा नजानसमेत मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले आइसोलेशनमा रहेकाले मिलेसम्म छुट्टै शौचालय भएको प्रशस्त हावा आउने छुट्टै कोठामा बस्ने तथा नाक, मुख र चिउडो छोपिने गरी मास्क लगाउने र प्रयोग गरिएको मास्कको उचित व्यवस्थापन गर्ने तथा बेला बेलामा साबुन पानीले हात धुुन आग्रह गरेको छ। अहिले दैनिक कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । हिजो एक सय ७१ जनामा सङ्क्रमण, दुई जनाको निधन र तीन सय ९७ जना सङ्क्रिय सङ्क्रमित पुगेका छन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार