कोरोना संक्रमणबाट आज दुई जनाको ज्यान गयो

मंगलबार, वैशाख ५, २०८०

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट आज दुई जनाको निधन भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । आज दुई हजार दुई सय ९२ जनामा गरिएको परीक्षणमा एक सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै ८५ जना निको भई घर फर्किएका छन् । हालस नेपाल भर कूल सङ्क्रमित सङ्ख्या तीन सय ९७ जना पुगेका छ ।
काठमाडौँ उपत्यकामा २२ जना आइसोलेशन, आठ जना सघन उपचार कक्ष (आइसियु), चार जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । शून्यमा झरेको कोरोना भाइरसको सङ्क्रमण अहिले बढ्दै गइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  २०:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार