हस्तकलाको प्रबद्र्धन गर्न ललितपुर महानगरको कोसेली घर

हस्तकला संघसँग महानगरको सहकार्य
मंगलबार, वैशाख ५, २०८०

ललितपुर । ललितपुर महानगरभित्र उत्पादित हस्तकलाका सामग्रीहरुको उत्पादन, प्रबद्र्धन र बजारिकरण गर्न यल कोसेली घर सुरु भएको छ । ललितपुर महानगरपालिकाले ललितपुर हस्तकला संघसँग सहकार्य गरेर यल कोसेली घर सुरु गरेको हो । पाटनढोकासँगै रहेको उक्त घरको मंगलबार ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । कोसेली घरमा ढाकाका लुगा, झोला, मूर्तिलगायतका सामग्री सुपथ मूल्यमा पाइन्छ ।  
उद्घाटन कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले कलाकर्मीलाई प्रोत्साहित गर्न महानगरले कोसेली घरको सुरुवात गरेको बताए । हस्तकलाकर्मीलाई यो पेशाबाट पलायन हुन नदिनु यो घर खोल्नुको मुख्य उद्देश्य भएको बताउँदै उनले भने,‘यो घरले ललितपुर महानगरभित्रका हस्तकलाका सामग्रीलाई नेपालभित्र र नेपालबाहिरका विभिन्न मुलुकमा पु¥याउन मद्दत गर्छ ।’
ललितपुर आउने पर्यटकलाई कोसेली घरमा आउने वातावरण प्रबन्ध मिलाउन महानगरले काम गरिरहेको जानकारी दिए । महानगर प्रमुख महर्जनले ललितपुर विश्व कला नगरीको ३५ औं सहर बताएको बताउँदै भने, ‘हामीले धेरै पहिला देखि यो घरको तयारी गरेका हौं, कोभिडको महामारीले धकेल्लियौं, यो घरले महानगरभित्रका उत्पादनलाई विदेश पु¥याउन सहयोग गर्छ ।’

342230640_6139530826131502_4814375648422225286_n1681821350.jpg
कला नगरको एक महत्वपूर्ण तत्व मध्ये कोसेली घर एक भएको उनले प्रष्ट पारे । ललितपुर महानगर विश्वको ३५ औं कला कला नगरी हो ।  
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले यल कोसेली घर संचालन गर्नुको मुख्य उद्देश्य हस्तकलाको संरक्षण भएको बताइन् ।
हस्तकर्मीले यो पेशा छाडेर अन्य पेशा अंगालिरहेको अवस्थाप्रति इंगति गर्दै प्रत्येक घरलाई आत्मनिर्भर बनाउने हस्तकलाकर्मको  संरक्षणका गर्न महानगरले गरेको यो सुरुवात भएको प्रष्ट पारिन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ललितपुर महानगरले सह्रानीय काम गरेको बताए । ललितपुर महानगरको समृद्धिमा यल कोसेली घरको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।
ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले कोसेली घरले सीप र पूँजीलाई बजारसँग जोड्ने बताए । कोसेली घरको प्रचारप्रसारका लागि एयरलाइन्सको मुखपत्रमा सामग्री समावेश गर्ने विषयमा छलफल भएको अर्याले जानकारी दिए ।

342124629_2562459023901220_4553372870167888325_n1681821356.jpg
यसैगरी पर्यटकलाई यो कोसेली घरमा ल्याउनका लागि यात्रा विवरणमा यो घर भ्रमणको व्यवस्था मिलाउन सरोकारवालासँग छलफल भइरहेको उनले बताए ।  
ललितपुर महानगर वडा नंं.२६ का वडा अध्यक्ष एवम हस्तकला प्रबद्र्धन समितिका सदस्य सुरेश महर्जनले कला नगरीको पहिचान संरक्षण गर्न कोसेली घरको भूमिका महत्वपूर्ण हुने बताए ।
हस्तकला संघका अध्यक्ष प्रचण्डा शाक्य, ललितपुर हस्तकला संघका अध्यक्ष रमेश सिंहलगायतले कोसेली घरले हस्तकलाको संरक्षणसँगसँगै हस्तकलाकर्मीलाई यो पेशामा लाग्न प्रोत्साहित गर्ने प्रष्ट पारे ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार