कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु, १०४ जना संक्रमित थपिए

मंगलबार, वैशाख ५, २०८०

काठमाडौँ । मुलुकमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको हो । एक सय चार नयाँ सङ्क्रमित थपिएका छन् । पाँच सय ७१ पिसीआर तथा एक हजार ६१ एन्टिजेन परीक्षण गरी जम्मा एक हजार छ सय ३२ नमूना परीक्षणमा एक सय चार जनामा सङ्क्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा अहिले कोरोना सङ्क्रमित ३४ आइसोलेशन, सात जना आइसीयु र तीन जना भेन्टिलेटरमा रहेका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ७९ रहेका छन् ।
बढ्दो कोरोनाको जोखिम न्यूनीकरणका लागि स्वास्थ्य मन्त्रालयले विभिन्न तयारी गरिरहेको छ ।
बालस्वास्थ्य तथा खोपसेवा शाखाकाा अनुसार मुलुकमा फाइजर बुस्टर डोजको तीन लाख मात्र मौज्याद छ । ज्येष्ठ नागरिकलाई खोप लगाउन ३० लाख मात्रा ल्याइएको थियो । अहिले पनि सबै स्थानीय तहमा खोप वितरण कार्यक्रम सञ्चालन भइरहेको छ । स्वास्थ्य केन्द्रमा खोप अभियान सञ्चालन भइरहेको भन्दै मन्त्रालयले खोप लगाउन छुटेकालाई पहिलो, दोस्रो र बुस्टर खोप लगाउन आग्रह  गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  ०३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार