लुम्बिनीका मुख्यमन्त्री गिरीले वैशाख ११ मा विश्वासको मत लिने

सोमबार, वैशाख ४, २०८०

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आगामी सोमबार (११ वैशाखमा) विश्वासको मत लिने भएका छन् । माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार टीका बस्नेतले बताए ।
लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न आठ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।
एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् ।
८७ सांसदमध्ये लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ।  प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले बताए ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार